Logo

बिजनेस होम

कार्कीको एल्बम ‘नवीन’ विमोचन, स्थापित गीतकार र संगीतकारको शब्द-संगीत


GDP Nepal
   २४ माघ २०७७, शनिबार


काठमाडौं । गायक नवीन कार्कीको एल्बम नवीनको शनिबार बिमोचन भएको छ । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरूङले एल्वम विमोचन गरे ।

उदीयमान गायक कार्कीको एकल स्वर रहेको एल्बम नवीनमा स्थापित गीतकार र संगीतकारको शब्द संगीत रहेको छ ।

लोक तथा आधुनिक गरी ८ वटा गीतहरू रहेको नवीनमा स्वर्गीय रत्नसम्सेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुबाबु श्रेष्ठ, देवेन्द्र केसी (देबु), रमेश दाहाल र पुष्करराज बुढाथोकीको रचना रहेका छन् ।

कार्कीकी श्रीमती तारा कार्कीको प्रस्तुति रहेको एल्बममा शक्तिवल्लभ, गुरूदेव कामत र राजनराज शिवाकोटीले संगीत दिएका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरूङले समाज र व्यवस्था परिवर्तन गर्न गीत सङ्गीतको भूमिका प्रभावकारी रहने बताए । अहिलेको राजनीतिक उतार चढाबको परिस्थितिमा कुनै दोविधा नराखी गीत सङ्गीतको उन्नतिमा निरन्तर लाग्न यस क्षेत्रका सर्जकलाई मन्त्री गुरूले आग्रह समेत गरे ।

समारोहमा दोलखाको प्रतिनिनधित्व गर्दै राष्ट्रिय(अन्तराष्ट्रिय जगतसम्म आफ्नो सङ्गीतिक छवि फैलाउन सफल भएकोमा सङ्गीतकार शक्तिवल्लभलाई विशेष सम्मान गरिएको छ । प्रमुख अतिथि गुरूङले वल्लभलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

दोलखाको जफेमा जन्मेका नविन कार्की स्कुले जीवनदेखिनै कलाकारितामा लागेका हुन् । उनले भारतको गान्धर्व सङ्गीत विद्यालयबाट सङ्गीतमा बिम्युज हासिल गरेका छन् ।

गायक कार्कीले पहिलो पटक २०५६ सालमा स्वर्गीय रत्न बानियाँको सङ्कलनमा ुलाउ माया चुनेरु बोलको लोक गीत रेकर्ड गराएका थिए । त्यसैगरी, विक्रम संवत २०५६ सालमा तुलसी बस्नेतको रचना र सुशील विश्वकर्माको सङ्गीतमा रेडियो नेपालमा आधुनिक गीत रेकर्ड गराएका छन् ।

नवीनले गीत सङ्गीतको उन्नतिको लागि निरन्तर साधना गर्दै र गायनलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै ुनवीनु सङ्ग्रह अव आफ्नो निजी नभइ राष्ट्रको सम्पतिका रूपमा स्वीकार्न समेत उनले सबैमा आग्रह गरे ।

समारोहमा सङ्गीतकार शक्ति वल्लभ, गीतकार एवम् नागरिक उड्डयन प्राधिकरणका पूर्व उप महानिर्देश देवेन्द्र केसी, ुदेवुु गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटा, नेपाल सरकार विज्ञापन बोर्डका सदस्य बलराम थापा, नेपाल टेलिभिजनका बोर्ड सदस्य बालकृष्ण बस्नेत, रेडियो नेपालका पूर्व बोर्डसदस्य एवम् पत्रकार अमरध्वज लामा, सङ्गितकार राजनराज सिवाकोटी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतका वक्ताहरूले ुनवीनु श्रव्य सङ्ग्रहको सफलताको कामना गरे ।

प्रकाशित : २४ माघ २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह