Logo

Banner-news

निजी क्षेत्र नाफाका लागि मात्र काम गर्छन् भन्ने धारणा फेर्नैपर्छः ढकाल


GDP Nepal
   २५ माघ २०७७, आइतबार


दाङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र नाफाका लागि मात्र काम गर्छ भन्ने धारणा चिर्नुपर्ने बताएका छन् ।


शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको धारणा राखे ।

ढकालले निजी क्षेत्र व्यावसायिकमात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मुलुकमा उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको उनको भनाइ छ । मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र समृद्धिको यात्रामा पछाडि परेको उनले बताए ।

“हामीसँग प्रसस्त मात्रामा प्राकृतिक स्रोत र साधनहरु छन् । यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनौ । यी उपलब्ध स्रोत तथा साधनको सहीरुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र सम्मृद्धि असम्भव छैन । यसकालागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ,” उनले भने ।

कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरु पुरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने बताए ।

“हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाईहरु स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ । तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पुरा गनेर्छौं । तपाईहरुलाई भोगेका समस्याहरुको समाधानकालागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौंँ,” उनले भने ।

निजी क्षेत्रलाई विकासको साझेदारको रुपमा हेर्ने हो भने हामीले धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रुपमा काम गर्न सकिन्छ ।

सबै स्थानीय तह, प्रदेश तथा केन्द्रको यस प्रकारको व्यवहार हामी निजी क्षेत्रले अपेक्षा गरेका छौं । यसले मात्र हामीलाई विकास र सम्मृद्धिको बाटोमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्ने आफूले विश्वास लिएको बताए ।

उनले तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा अधिवेशनसहितको साधारणसभा भएको हुनाले यस साधारणसभाले सक्षम नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गरे ।

प्रकाशित : २५ माघ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह