Logo

कर्पोरेट-बजार

हुण्डाई एक्सचेन्ज् सुरु, डेढ लाखसम्मको बोनस !


GDP Nepal
   २६ माघ २०७७, सोमबार


काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबारदेखि हुण्डाई एक्सचेन्ज् कार्यक्रम देशभर सुर गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले सुरु गरेको यो एक्सचेञ्ज फाल्गुन २ गते आइतबारसम्म सञ्चालनमा रहनेछ ।

योजनामा गाडी एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मुल्यांकन, आकर्षक नगद छुट, १५ हजार बराबरको लोयल्टी बोनस तथा १ लाख ४० हजारसम्म को एक्सचेन्ज् बोनस का साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक (सेल्स र मर्केटिङ्) रुपेश शर्मा भट्ट भन्छन्– यस देशव्यापी कार्यक्रमले पनि ग्राहकलाई उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । ह्ुण्डाई एक्सचेन्ज् नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।

भट्टका अनुसार ग्राहकलाई सधैँ उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ ।

ग्राहकको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेञ्ज क्याम्पमा निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २६ माघ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह