Logo

बिजनेस होम

चीन भ्रमणमा लिपुलेकको कुरा किन नउठाएको ? संसदमा कांग्रेसको प्रश्न


appharu
   १२ असार २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालैको चीन भ्रमण र गत महिनाको भारत भ्रमणमा नेपाली भूमी लिपुलेकका सम्बन्धमा चीन र भारतले गरेको विवादास्पद सम्झौताका सम्बन्धमा किन प्रश्न गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएको छ ।

चीन भ्रमाणका सम्बन्धमा संसद बैठकमा जानकारी गराएपछि प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसका सांसद दिलेन्द्र बढुले लिपुलेकका सम्बन्धमा किन कुरा नउठाएको भनेर प्रश्न गरे । दार्चुलाका बढुले लिपुलेकको प्रश्न गरे पनि ओलीले प्रष्ट जवाफ भने दिएनन् ।

जवाफमा ओलीले सरकारी तवरमा १३ वटा र निजी तवरमा ९ वटा गरेर २२ वटा सहमति गरेको भन्दै विषयान्तर गर्ने प्रयाश गरे । त्यसलगत्तै हाम्रो सीमा सुरक्षित हुनुपर्छ, सीमाको लेनदेन हुँदैन र सीमाका सम्बन्धमा राजनीति गर्न चाहाँदैनौं भन्दै यसलाई विषयान्तर गर्ने प्रयाश पनि गरे ।

लिपुलेकका सम्बन्धमा विवाद लामो समयदेखिको भएको भन्दै उनले अध्ययन गर्न समय लाग्ने बताए । उनले भने– यत्तिकै कुरा गर्नु र कुरा उठाएर निष्कर्षमा पुर्याउन नसक्नु राम्रो होइन ।

प्रकाशित : १२ असार २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह