Logo

विकास / पूर्वाधार

ठेकेदार सांसद हरिनारायण भन्छन्– पप्पु कन्सट्रक्सन मेरो होइन


appharu
   १२ असार २०७५, मंगलबार


काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले आफू विगत एक वर्षदेखि पप्पु कन्सट्रक्शनमा संलग्न नरहेको दाबी गरेका छन् । पप्पुसँग जोडेर अहिले नियोजित रुपमा आफ्नो बद्नाम र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले कडा आपत्ति जनाएका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार सांसद रौनियराले आफू सम्पूर्ण व्यावसायिक जीवनबाट अलग भएर पूर्णकालिन राजनीतिमा होमिएको भन्दै आफूलाई पप्पु कन्स्ट्रक्सन प्रा.लि.सँग जोडेर पटक–पटक आफ्नो जोडेकोमा गम्भिर आपत्ति जनाएका हुन् ।
उनले भने, ‘म त विगत एक वर्षदेखि यो प्रा.लीमा छैन, म त अब पूर्णकालिन राजनीतिमा होमिएको छु, आफ्नो ३५ वर्षे व्यवसायिक यो अनुभवनलाई अब राजनीतिको माध्यमबाट देशको सेवा गर्न आएको छु, अहिले विभिन्न पेशा तथा व्यवसायमा लामो समयसम्म अनुभव हाँसिल गरेका साथीहरु पनि सांसद बन्नुभएको छ, म पनि अब राष्ट्रसेवाकै लागि आएको हुँ ।’

यसैबीच, जेड.आई.सी–पप्पु जे÷भी वीरगन्ज, पर्साको नाममा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘यस निर्माण कम्पनीका बारेमा विगत केही दिनदेखि केही पत्रपत्रिका, टेलिभिजन र अनलाईन सञ्चारमाध्यमहरुमा आईरहेका दुराग्रहपूर्ण, कपोलकल्पित र भ्रामक समाचारप्रति हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ । यसी सत्यतथ्य नै नबुझी मनगणन्ते शैलीका यस्ता समाचारको उद्देश्य यस कम्पनीका संस्थापक एवम् संघीय संसदका सदस्य माननीय श्री हरिनारायण रौनियारज्यूको राजनीतिक चरित्र हत्या र कम्पनीलाई बद्नाम गर्नेकुत्सित उद्देश्यबाट पचिारलित कमजोर मनोविज्ञानको उपज हो भन्ने हाम्रो ठम्याई छ ।’

विज्ञप्तीमा थप भनिएको छ, ‘सत्यताको नजिक नै नपुगी झुटो र काल्पनिक कुरालाई बढाईचढाई गरेर भ्रम फैलाउने र व्यक्तिगत एवम् संस्थागत प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यबाट सञ्चालित यस्तो निकृष्ट कार्यको घोर भत्र्सना गर्दछौं । विगत ३५ वर्षदेखि विकास निर्माणका आयामरुमा सक्रिय ‘क’ वर्षका यस कम्पनीका संस्थापक राष्ट्रिय राजनीतिको उच्च पदमा आसिन हुनु गौरवको कुरा हो, कम्पनीका संस्थापक माननीय रौनियार सक्रिय राजनीतिमा आउन त्यस अगाडि नै कम्पनीबाट अलग हुनुभएको व्यहोरा सर्वविदित विषय हो । तर, माननीय रौनियारलाई कम्पनीका बारेमा तथ्यहीन समाचार सामाग्रीसित जोडेर बद्नाम गर्ने दुष्प्रयास अत्यन्तै खेदजन्य कार्य हो।’

पत्रकार सम्मेलनमा बोल्दै सांसद रौनियारले पेशा तथा व्यवसाय गरेर राजनीतिमा आउनु पाप हो त ? भन्दै उल्टै प्रश्न समेत गरेका छन् । उनले दिनहुँजसो सरकारले निर्माण व्यवसायीहरुलाई मात्रै दोषी देखाउने काम गरेकोमा पनि आपत्ति जनाए ।

उनले भने,‘के निर्माण व्यवसायीहरुकोमात्रै दोष छ त ? सरकारको दोष छैन त ? अहिले देशमा कुल १२ सय वटा पुलहरु निर्माणाधिन अवस्थामा छन्, तीनको लागत १२ खर्ब लाग्छ, सरकारले त्यसको २० प्रतिशत पनि पेमेन्ट दिन सकेको छैन, तर मिडियाले एकतर्फी रुपमा निर्माण व्यवसायीहरुलाईमात्रै दोष देखाउने काम गर्यो, सत्य तथ्य बुझ्नुपर्यो।’ यद्धपी उनले आफूले यी विषयमा निर्माण व्यवसायीको हैसियतले भन्दापनि सांसदको हैसियतमा आफ्नो गुनासो राखेको स्पष्ट पारे ।
आफूले कुनै गलत काम गरेको पुष्टि भए जस्तोसुकै सजायपनि भोग्न आफू तयार रहेको सांसद रौनियारको भनाई छ ।

प्रकाशित : १२ असार २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह