Logo

Banner-news

एनबीआई साधारणसभाः राजनीतिक द्वन्द्वले निजी क्षेत्र त्रसित


GDP Nepal
   २ फाल्गुन २०७७, आइतबार


काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को चौधौँ वार्षिक साधारण सभामा व्यवसायीहरुले मुलुकमा बढेको राजनीतिक द्वन्द्वका कारण निजी क्षेत्र त्रसित बनेको बताएका छन् ।

एनबीआई अध्यक्ष कुशकुमार जोशीले पछिल्लो समयमा राजनीतिमा उत्पन्न ध्रुवीकरणले बन्द जस्ता कार्यक्रमहरु पुन ः दोहोरिएकोले व्यवसायको सञ्चालनमा वाधा पुगेको भन्दै सरकारको ध्यानकर्षण गराए ।

साधारणसभाको उदघाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति वदल्नु पर्ने उल्लेख गरे । उनले निजी क्षेत्रसंगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बताए ।

एक अर्को प्रसंगमा कृषिमा पूँजीको बन्देज र विभिन्न शर्तहरु राखेर वैदेशिक लगानी खुला गरिएको उल्लेख गर्दै कोभिड–१९बाट परेको प्रतिकूल असरलाई कम गर्न सरकार क्रियाशिल रहेकोले व्यवसायीहरुको सुझावलाई कार्यान्वयन गर्न सरकार सदैव तत्पर रहेको बताए ।

सोही अवसरमा मन्त्री भट्टले राष्ट्रिय व्यवसायिक पहलद्वारा प्रकाशित कोभिड १९ को प्रभावमा परेका साना, मझौला तथा लघु उद्यमको पुनस्र्थापना गर्न आवश्यक नीतिगत परिमार्जनसम्बन्धी निजी क्षेत्रले अघि सारेका सल्लाह सुझाव सहितको प्रतिवेदन विमोचन गरे ।

एनबीआई अध्यक्ष कुश कुमार जोशीले कोभिड–१९को संक्रमणपश्चात व्यवसायमा परेको नकारात्मक असर बारे विस्तृत अध्ययन गरी त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारे राष्ट्रिय व्यवसायिक पहलले अध्ययन प्रतिवेदन तयार गरेको बताए ।

प्रतिवेदनमा आँैल्याइएका विषयहरुको कार्यान्वयनमा सरकारले ध्यान दिने विश्वास व्यक्त गर्दै उत्पादन, सेवा क्षेत्र लगायतका व्यवसायलाई तत्काल गति दिनु अति जरुरी भएकोले उद्योग व्यवसायमा कार्यरत कामदार, कर्मचारी आदिलाई विशेष प्राथमिकतामा राखी कोभिडको खोप लगाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिडको भार निजी क्षेत्रले बोक्नु परेको उल्लेख गर्दै दोहोरो कानुनले व्यवसायमा झन्झट थपिएको उल्लेख गरे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले साना व्यवसायले पुनर्कर्जा पाउन कठिन भएकोले सरलीकरण हुनपर्नेमा जोड दिँदै त्यसबाट व्यवसायलाई पुनः क्रियाशील पार्न सहयोग पुग्ने धारणा राखे ।

नेपाल साना तथा घरेलु उद्योग महासंघका कार्यबाहाक अध्यक्ष उमेश प्रसाद सिंहले कोभिडबाट सबैभन्दा बढी असर साना तथा घरेलु व्यवसायमा परेकोले त्यस तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा विज्ञ आकाश श्रेष्ठले लघु, साना तथा मझौला व्यवसायको पुर्नरोत्थान बारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समयमा व्यवसाय सञ्चालन सुधारोन्मुख अवस्थामा देखिएको उल्लेख गरे ।


यसअघि सञ्चालित बन्द सत्रमा महासचिव सुरेन्द्र वीर मालाकारले आ.ब. २०७६/७७ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दीपक मल्होत्राले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उपाध्यक्ष सुकुन्त लाल हिराचनले धन्यवाद ज्ञापन गर्दै मुलुकको सम्वद्धिको मूल आधार नै उद्योग, व्यवसाय भएकोले यस क्षेत्रलाई प्रतिकूलताबाट बचाउनु अनिवार्य भएको बताए ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह