Logo

Banner-news

शे–फोक्सुण्डोमा अनुमतिबिनै हेलिकप्टर उडाएपछि श्री एयरसँग स्पष्टीकरण !


GDP Nepal
   २ फाल्गुन २०७७, आइतबार


काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी श्री एयरले शे सुरक्षा संवेदनशील फोक्सुण्डो क्षेत्रमा अनुमति बिना नै हेलिकप्टर उडाएपछि निकुञ्जले स्पष्टीकरण पत्र काटेको छ ।

डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्री एयरको हेलिकप्टरलाई सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरेको हो ।

श्री एयरको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाई जाँच नगराई र निकुञ्ज कार्यालयमा नियमानुसार राजश्व नबुझाएरै उपल्लो डोल्पामा पर्ने धोमा हेलिकप्टर उडान अवतरण गरेको भन्दै सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

उक्त क्षेत्रमा के कति प्रयोजनका लागि कसको अनुमति लिई हेलिकप्टर उडाइएको हो, सुरक्षार्थ खटिएका निकुञ्जका सेना र कर्मचारीद्वारा जाँच नगराई, नियमानुसार राजश्व नबुझाइ उडान अवतरण गर्नुका कारण केहो भनेर पत्रमा खुलाइएको छ ।

उक्त पत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र इश्वरी बक्स गुल्म सुलिगाडलाई बोधार्थ दिँदै इमेलमार्फत श्री एयरलाइन्सको कार्यालयमा पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

सात दिनभित्र स्पष्ट जवाफ पेश नगरे कानूनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइनेसमेत उल्लेख गरिएको छ । श्री एयरको हेलिकप्टरको धो मा सडक खन्ने प्रयोजनका लागि २९ माघमा त्रिपुरासुन्दरी नगपालिकाको चुँ गाडबाट डोजर बोकेर उपल्लो डोल्पा पु¥याएको थियो ।

ठेकेदारले निकुञ्जले दिएको सहमतिका आधारमा हेलिकप्टर उडाएको दाबी गरे पनि निकुञ्जले कुनै सहमति नदिएको स्पष्ट पारेको छ ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह