Logo

Banner-news

‘होटल उद्योग बाँच्ने र कर्मचारी पनि बचाउने उपायको खोजी जरुरी’


GDP Nepal
   १२ फाल्गुन २०७७, बुधबार


काठमाडौं । होटल क्षेत्रका लगानीकर्ता र मजदुरका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असर र बच्ने उपाय विषयक तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

औद्योगिक सम्बन्ध मजबुत र सुमधुर बनाउने उद्देश्यले केन्द्रीय स्तरमा भएको सामूहिक तथा सेवा शुल्क सम्बन्धी सम्झौता २०७५ ले अख्तियारी गरेको अधिकार सम्पन्न संयुक्त कार्यदलले यस्तो कार्यक्रम गरेको हो ।

कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष सृजना राणाले कोभिड–१९ को विषम परिस्थितिमा होटल उद्योग पनि बाँच्ने र कामदार तथा कर्मचारीहरुलाई पनि बचाउने उद्देश्यले होटल संघ नेपाल, तीनवटै केन्द्रीय ट्रेड युनियन र यस कार्यदलबाट भएको सहमति ऐतिहासिक कदम भएको बताइन् ।

अध्यक्ष राणाले होटल उद्योगको संरक्षण र सम्वद्र्धन गर्न दुवै पक्ष लगानीकर्ता र कामदार तथा कर्मचारीको उत्तिकै दायित्व रहेको हुँदा तालिम, प्रशिक्षण, प्रवद्र्धन तथा सेवा शुल्क संकलन तथा औद्योगिक शान्ति प्रमुख आवश्यकता रहेको धारणा राखिन् ।

कार्यदलले होटल उद्योगको विकास र विस्तारका लागि होटल संघ नेपालसँग हातेमालो गरी विभिन्न सरकारी तथा गैरसरकारी निकायमा निरन्तर पहलको पहल हुनुपर्ने धारणा राखिन् ।

अध्यक्ष राणाले पर्यटन क्षेत्र लयमा आउँदै गरेको अवस्थामा कसरी सुरक्षित तवरबाट स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाएर होटलहरु सञ्चालन गर्ने भन्ने यस किसिमको कार्यक्रमको शुरुवात भएको हुँदा अव निरन्तर रुपमा सात वटै प्रदेश तथा क्षेत्रीय होटल संघमा कार्यक्रमहरु आयोजना गर्न कार्यदललाई निर्देशन दिइन् ।

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वास्थ्य सुरक्षालाई आत्मसाथ गर्दै मापदण्ड अनुसार होटलहरु सञ्चालन हुनपर्नेमा जोड दिए ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले विषम परिस्थितिमा पनि क्वारेन्टिनको लागि अग्रसर रहेर राज्यलाई सहयोग पु¥याएको भन्दै सराहना गरे । उनले पछिल्लो समय होटल संघ नेपालको सुझाव तथा पहललाई सार्थक बनाउन सम्बन्धित निकायसँग विभागले पहल गरिरहेको पनि स्पष्ट पारे ।

प्रशिक्षण कार्यक्रममा डा. सरद वन्त र डा. विन्ज्वला श्रेष्ठले स्वास्थ्य मापदण्डसम्बन्धी प्रस्तुती दिए भने होटल सञ्चालनसम्बन्धी प्रस्तुति सञ्जिव थापाको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह