Logo

कर्पोरेट-बजार

चेम्बरको ७० औं वार्षिकोत्सवमा चित्रकला प्रतियोगिता


GDP Nepal
   १३ फाल्गुन २०७७, बिहिबार


काठमाडौं । नेपाल चेम्वर अफ कमर्सको ७० औं वार्षिक उत्सवको अवसरमा नेपाल युथ चेम्वरले निवन्ध तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने प्रतियोगीहरुलाइ प्रहरी महानिरीक्षक थापाले पुरस्कार प्रदान गरे ।

थापाले युवाहरुबाट सृजित चित्रकलाहरु अवलोकन गर्दा नयां पुस्ता वढि जिम्मेवार, दुरदर्शी तथा परिपक्वता झल्किएको महशुस गरेको बताए । प्रतियोगीहरुमा उच्चकोटीको कलाकारमा हुने गुण रहेको र कलाकारहरुवाट प्रस्तुत ल्याण्डस्केप, रंगको संयोजनहरुबाट आफुले नवीन ज्ञान पाएको उनको भनाइ छ ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले कलाकारहरुबाट सृजित कलाकृतिहरुलाई अवलोकन गरी यसलाइ मनन गरी दिन आग्रह गरे । कलाकृतिहरुमा ७० वर्ष अघिको व्यापार प्रणाली तथा ३० वर्षपछिको व्यापार प्रणालीको तुलनात्मक रुपमा प्रतिबिम्वित भएकोे बताए ।

नेपाल युथ चेम्वरका उपाध्यक्ष नेहा श्रेष्ठ अमात्यले नेपाल युथ चेम्वरको भूमिकाबारे बताउँंदै यस कार्यक्रमले युवाहरुमा निहीत प्रतिभाको उजागर गरी
प्रोत्साहन गर्ने रहेको बताए ।

३० वर्षपछिको समृद्ध नेपाल शीर्षकमा विवेक लामा, टासी सलाका शेर्पा तथा सोनाम घो क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरे ।

यसैगरी ७० वर्षअघिको नेपाली व्यवसाय शीर्षकमा कृष्णभक्त डंगोल, रुवी महर्जन तथा छोङ लामा क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका थिए ।

निवन्ध प्रतियोगितामा दीपक अधिकारी, दिपेन्द्र अधिकारी रवीकुमार वरुवाल क्रमशः प्रथम, द्वितीय तथा तृतीय भए ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह