Logo

Banner-news

बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्षमा पुनः गोल्यान


GDP Nepal
   २३ फाल्गुन २०७७, आइतबार


काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम वार्षिक साधारणसभाले पवनकुमार गोल्यानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

एनएमबि बैंकका अध्यक्ष गोल्यान यसअघि पनि उक्त संस्थाको अध्यक्ष थिए ।

शनिबार राजधानीमा भएको साधारणसभाले १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा भोजबहादुर शाह, वाणिज्य बैंक¬ समूहबाट वरिष्ठ उपाध्यक्ष तथा राजेश उपाध्याय विकास बैंक¬ समूहबाट उपाध्यक्षमा निर्वाचित भए ।

परिसंघको महासचिवमा केशवबहादुर रायमाझी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सहकोषाध्यक्षमा मनोज कुमार केडिया निर्वाचित भएका छन् ।

सदस्यहरुमा पृथ्वी बहादुर पाँडे, तुलसी प्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्रकुमार गोयल, दशरथ रिसाल र हिरेन्द्रमान प्रधान निर्वाचित भएको निर्वाचन अधिकृत बालकृष्ण ढकालले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष गोल्यानले कार्यसमितिको आगामी दुई बर्षमा गरिने विषयहरुवारे जानकारी गराउँदै संस्थालाई राष्टकै अभिन्न अंगकोरुपमा स्थापित गरि समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौ साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरु सृजना गर्न लागिपर्ने विषयमा उनले जोड दिए ।

राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिविफिन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुहरुसँग सहकार्य गरी अगाडि बढ्न सक्यो भने अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने अध्यक्ष गोल्यानको धारणा छ ।

साधारणसभाको उद्घाटन गर्दै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैक तथा वित्तीय संस्था परिसंघले उठाएका विषयहरुमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने आश्वासन दिए ।

उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोर र नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समग्र व्यवसायहरुको उत्थानका लागि सिविफिनविको भूमिका विशेष रहेको उल्लेख गर्दै राष्टको समग्र आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढ्न बैंक तथा वित्तीय संस्था परिसंघसँग सहकार्य गर्ने धारणा व्यक्त गरे ।

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह