Logo

बिजनेस होम

बालेनसँग बदला लिँदै १८ वडाध्यक्षः कार्यकारी अधिकृत प्रकरणमा कार्यपालिका बोलाउन माग !


gdpnepal
   ९ चैत्र २०८१, आइतबार


काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारवाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।

आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काठमाडौं महानगरपालिकाका १८ जना वडाअध्यक्ष सहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गरिएको कारवाहीको प्रक्रियाको माग गर्दै वडा–१७ का वडाअध्यक्ष एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् ।

‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारवाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेका छौ,’ काठमाडौँ महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान संगतले बताए ।

उनले कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षरसहित पठाइएको बताए ।

 

प्रकाशित : ९ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह