Logo

कर्पोरेट-बजार

निर्माण विज्ञहरुसँग जगदम्बा सिमेन्टको अन्तरक्रिया


GDP Nepal
   २ चैत्र २०७७, सोमबार


काठमाडौं । जगदम्म्बा सिमेन्टले निर्माण विज्ञहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । तपाईको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको भन्ने मूल नारालाई आत्मसात गर्दै गत साता पाँचखालको खावामा ६० भन्दा धेरै विज्ञहरुसँग अन्तरक्रिया गरिएको हो ।

पाँचखाल नगरपालिकाका वडा अध्यक्ष किरण श्रेष्ठ, जगदम्बा सिमेन्टका बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहाल तथा बिक्री प्रवन्धक नवराज भूर्तेलको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका निर्माण ब्यवसायहरुले भूकम्प प्रतिरोधात्मक निर्माण विधी हाम्रो जस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको प्रष्ट पारे । विज्ञ संगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक केदार निरौलाले बताए ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह