Logo

Banner-news

महासंघ केन्द्रीय सदस्य सुवोध गुप्ता वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष निर्वाचित !


GDP Nepal
   २ चैत्र २०७७, सोमबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुवोध कुमार गुप्ता वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन् । संंघको ४५ औं वार्षिक साधारणसभाबाट निर्वाचित सदस्यहरुले गुप्तालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

यसअघि ३५ जना कार्य समिति सदस्य सर्वसम्मत चयन भएका थिए । सोही सदस्यमध्येबाट गुप्ता निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

गुप्ता नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्षसमेत हुन् । उनी गत मंसिरमा सम्पन्न महासंघको ५४ औं साधारणसभामा वस्तुगततर्फबाट कार्यकारिणी समितिमा निर्वाचित भएका थिए । उनी यसअघि वीरगञ्ज उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा अनिलाकुमार अग्रवाल, उपाध्यक्षमा हरिप्रसाद गौतम र महासचिवमा मनोजकुमार दास निर्वाचित भएका छन् ।

यस्तै, संघको सचिवमा अरविन्द्र अमात्य, सचिवमा आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल तथा सहसचिवद्वयमा सुशान्त चाचान र अनोज रुंगटा निर्वाचित भए ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह