Logo

Banner-news

महासंघको अन्तराष्ट्रिय लगानी प्रवर्द्धन समिति विस्तार, दोस्रो पुस्ता समेटिए !


GDP Nepal
   ६ चैत्र २०७७, शुक्रबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार भएको छ । महासंघ कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार भएको हो ।

समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ रहेका छन् ।

त्यसैगरी समितिका सल्लाहकारहरूमा इन्जिनियर देशबन्धु बस्नेत (अजित), सुनिल केसी, डा. नारायण प्रसाद रेग्मी र कुमार पन्त छन् ।

समितिको आमन्त्रित सदस्यमा सन्दीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, संजय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्जवल श्रेष्ठ, गुरु प्रसाद ढकाल, विशालमणि उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी रहेका छन् ।

समिति विस्तारपछिको कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिलानै तयारी गरि लगानी सम्मेलन गर्न सके त्यो बढी फलदायी हुने बताए ।

कोभिडकै कारण यतिखेर विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको वेला कोभिडपश्चात नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिलेदेखिनै गृह कार्य गर्न जरुरी रहेको उनको भनाइ छ ।
अध्यक्ष गोल्छाले वास्तविक लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने गरी समितिलाई तयारी थाल्न पनि अध्यक्षले सुझाव दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने संदेश दिन समितिले कार्य गर्ने विश्वास आफूले गरेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई सफलताको शुभ–कामना दिए ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह