Logo

Banner-news

जावा–पेराक मोटरसाइकल नेपाली बजारमा, मूल्य ७ लाख ५० हजार


GDP Nepal
   ७ चैत्र २०७७, शनिबार


काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले शनिबारबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बिक्री सुरु गरेको छ ।

जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५०हजार रुपैयाँ रहेको छ । अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको पनि सुविधा रहेको छ ।

काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवामा अग्नि मोटो इंकको सबै शाखा र डिलर रहेका छन् ।

जावा मोटरसाइकल नेपालमा २०७७ असोज २७ गते नै भर्चुअल लन्चिङ गरिएको थियो ।

जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ, कम्पनीका अनुसार जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ ।

यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिन्छ, । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सीट छ, जसको मुनि गोलो ब्रेकलाइट छ ।

यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ ।

बजारीकरण शुभारम्भ कार्यक्रममा जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले भने, “सम्पूर्ण नयाँ पेराक मोटरसाइकलहरू यस पूर्ववर्ती मोडेलहरू – जावा र जवा फोर्टी टु–भन्दा बिलकुलै फरक देखिन्छ र यो विभिन्न कारणले मोटरसाइकल ध्यानाकर्षण गराउन सक्ने हुनसक्नेछ भन्नेमा हामी निश्चित छौं ।

मिश्रका अनुसार सहर र राजमार्गहरूमा हाँक्नको लागि बाइक निकै रोमाञ्चक छ । ती व्यक्तिहरूका लागि जो भीडबाट बाहिर निस्कनु भन्दा बढी केही चाहँदैनन् र आफ्नो मोटरसाइकललाई अनुकूलित गर्न ठूलो पैसा खर्च गर्ने विचार गर्दै छन्, उनीहरूका लागि, पेराक एक रोचक विकल्पको अगाडि आउँदछ । पेराक नेपाली बजारमा सफल हुनेछ, विशेष गरी युवाहरू र मोटरसाइकिल प्रेमीहरूमाझ सफल हुनेछ ।

प्रकाशित : ७ चैत्र २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह