Logo

Banner-news

आउँदो बजेटमा कोभिड प्रभावित उद्योग व्यवसाय उकास्ने कार्यक्रम जरुरीः ढकाल


GDP Nepal
   ७ चैत्र २०७७, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२ औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रलेधेरै ठूलो क्षति ब्यहोर्नु परेको र गत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामी वर्षको बजेट आउनु पर्ने बताए ।

“गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भए पनि कोभिडप्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो । तर, पनि यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन । यसवर्ष बजेट बनाउँदा कोभिडप्रभावित उद्योग व्यवसायलाई उकास्ने खालका थप नीति तथा कार्यक्रमहरु बनाउनु जरुरी छ,” उनले भने ।

प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै ढकालले अझै पनि केन्द्र, प्रदेश तथा स्थानीय तहबाट एकै प्रकारका करहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो करको मारमा परेको बताए ।

प्रकाशित : ७ चैत्र २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह