Logo

बिजनेस होम

डा. शितलकाजी श्रेष्ठ भेटेरीनरी एशोसिएसनमा तेस्रोपटक अध्यक्ष निर्वाचित


GDP Nepal
   ८ चैत्र २०७७, आइतबार


काठमाडौं । नेपाल भेटेरेनरी एशोसिएसनको अध्यक्षमा डा. शितलकाजी श्रेष्ठ पुनः निर्वाचित भएका छन् । संघका श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन पनि भएको छ ।

ललितपुरस्थित सानेपामा सम्पन्न साधारण सभाबाट पशु सेवा विभागका निवर्तमान महानिर्देशक डा. वंशी शर्मालाई पराजित गर्दै डा. श्रेष्ठ तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले कुल खसेको ४८६ मतमध्ये ३८६ मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्षमा निवर्तमान महासचिव डा. गृष्म न्यौपानेलाई पराजित गर्दै डा. कृष्ण काफ्ले निर्वाचित भएका छन् । महासचिव, सचिव, कोषाध्यक्ष र प्रधान सम्पादकमा क्रमश डा. अशेष भट्टराई, डा. रामचन्द्र सापकोटा, डा. सिकेश मानन्धर र डा. सुरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् ।

कार्यकारिणी समितिको केन्द्रीय सदस्य पदमा १२ जना प्रतिस्पर्धीबाट ६ जना निर्वाचित हुने व्यवस्थाअनुरुप क्रमशः डा. शंकर न्यौपाने, डा. सेरिन अमात्य, डा. अजितकुमार कर्ण, डा. महेश्वर दाहाल, डा. रकसन कर्माचार्य र डा. सविना लम्साल निर्वाचित भएका छन् ।

यसअघि सातै प्रदेशमा एशोसिएसनको प्रादेशिक समितिहरुको निर्वाचन सम्पन्न भएको थियो । प्रादेशिक समितिका अध्यक्षहरु केन्द्रीय कार्यसमितिको सदस्य रहने व्यवस्था छ ।

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह