Logo

Banner-news

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न महासंघलाई जेटीयूसीसीको ज्ञापन पत्र


GDP Nepal
   १८ चैत्र २०७७, बुधबार


काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न उद्योगी व्यवसायीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई मंगलबार राजधानीमा ज्ञापनपत्र बुझाउँदै जेटीयूसीसीले अझै पनि न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन नसकेको भन्दै निजी क्षेत्रको ध्यानाकर्षण गरायो ।

जेटीयूसीसीका तर्फबाट रोजगारदाताहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रह सहित ज्ञापन पत्र समेत बुझाइएको महासंघले जनाएको छ ।

जेटीयूसीसीका अध्यक्ष जगत सिम्खडाको नेतृत्वमा गएको प्रतिनिधिमण्डललले न्यूनतम पारिश्रमिकसहित मजदुरका विभिन्न समस्याका विषयमा जानकारी गराएको थियो ।

भेटमा महासंघका अध्यक्ष गोल्छाले उद्योग व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटल लगायत केही उद्योगहरू अझै तङग्रन नसकेको बताए ।

मुलुकभित्र श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासंघ क्रियाशिल रहेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले लकडाउनका समयमा महासंघले जेटियुसीसीसंग नजिकमा रहेर काम गरेको र मुलुकभित्र श्रम सम्बन्धलाई थप मजवुत बनाउन महासंघ र जेटीयूसीसीबीच सहकार्यमा जोड दिए ।

अध्यक्ष गोल्छाले अवको एक दशकभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको बनाउने र करिव २३ लाख थप रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले भिजन पेपरमा काम गरिरहेको जानकारी दिए ।

महासंघको यस लक्ष्यलाई पुरा गर्ने दिशामा सम्पूर्ण कामदार कर्मचारीहरूको पनि उत्तिकै सहयोग महासंघले खोजेको बताए ।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी थिए ।

भेटवार्तामा कोभिड महाव्याधीका कारण मुलुकको उद्योग व्यवसाय लगायत श्रम बजारमा पर्न गएको समस्या, अप्ठेरो समयमा श्रमिक कामदार कर्मचारीहरूबाट पाएको सहयोगका विषयमा छलफल भयो ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह