Logo

Banner-news

चेम्बरमा चुनाव, अध्यक्षमा राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्षमा को ?


GDP Nepal
   १८ चैत्र २०७७, बुधबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले यसै महिना नयाँ नेतृत्व पाउँदैछ । चैत २६ र २७ गते हुने साधारणसभासँगै अध्यक्ष राजेशकाजी श्रेष्ठले वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललाई नेतृत्व हस्तान्तरण गर्दैछन् ।

साधारणसभाले ५५ सदस्य चयन गर्ने र सोही मध्यबाट अध्यक्ष र पदाधिकारी चयन हुने व्यवस्था छ । जसअनुसार अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललाई चयन गर्ने सहमति भइसकेको जनाइएको छ ।

चेम्बरको अध्यक्ष र पदाधिकारीमा सर्वसम्मतिको सम्भावना रहे पनि सदस्यमा भने निर्वाचन नै हुन भएको छ । उद्योग, वाणिज्य, द्विराष्ट्रिय र प्रदेश समूह गरी ५५ सदस्य निर्वाचित हुन चेम्बरमा ६३ जना आकांक्षी देखिएका छन् ।

यद्यपि, मनोनितसमेत गरी चेम्बरको कार्यसमिति भने ६२ सदस्यीय हुनेछ ।

यता, चेम्बरमा नयाँ अध्यक्षको टुंगो लागेसँगै वरिष्ठ उपाध्यक्ष को हुने भन्ने चर्चा सुरु भएको छ । हालका उपाध्यक्षहरु कमलेशकुमार अग्रवाल, दिपक मलहोत्रा, इच्छाराज तामाङ, प्रमोदकुमार श्रेष्ठ र भाष्करराज राजकर्णिकारमध्ये अग्रवालको सम्भावना बलियो रहेको जनाइएको छ ।

अग्रवाल लामो समयदेखि चेम्बरमा सक्रिय रहेका छन् भने वित्तीय क्षेत्रका जानकारका रुपमा उनी चिनिन्छन् ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह