Logo

Banner-news

सुनचाँदी रत्न तथा आभुषण महासंघ अध्यक्षमा रमेश महर्जन निर्वाचित !


GDP Nepal
   २३ चैत्र २०७७, सोमबार


काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् ।

महासंघको सातौं वार्षिक साधारण सभाको अवसरमा भएको निर्वाचनमा प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमर नाथ गुप्ता निर्वाचित भए ।

महासंघको महासचिवमा किसान सुनार, सचिवमा निरबहादुर धमला र टंक बहादुर बराईली, कोषाध्यक्ष केशर बहादुर वि.क. र सह– कोषाध्यक्षमा गणेश प्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

यसैगरी, कार्यसमिति सदस्यमा गंगाराम रसाईली, विष्णुभक्त बराईली, दिपक धनुके, कमल प्रसाद लामिछाने, जगत बहादुर सुनार, दिपक कुमार सुनार, प्रेम बहादुर वि.क., देवीलाल वि.क., श्याम कुमार विश्वकर्मा निर्वाचित भएका छन् ।

महासंघका अनुसार खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोम बहादुर वि.क., आनन्द कुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्वि बहादुर वि.क., पर्वलाल शर्मा कोइराला, तिलक वि.क., त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाईली, सम्झना शिवाकोटी सदस्य पदमा निर्वाचित भएका छन् ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह