Logo

Banner-news

महासंघ अध्यक्ष शेखर गोल्छाका दाजु लोकमान्य चेम्बरको मानार्थ उपाध्यक्ष मनोनित !


GDP Nepal
   ३ बैशाख २०७८, शुक्रबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने मानार्थ उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो । यसअघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलाई चेम्बरले मानार्थ उपाध्यक्षका रुपमा मनोनित गरे पनि उनी सक्रिय थिएनन् ।

गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरे । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको भन्दै गोल्छाले प्रसन्नता व्यक्त गरे ।

मानार्थ उपाध्यक्ष गोल्छा चेम्बरका तत्कालीन अध्यक्ष सुरेशकुमार बस्नेतको कार्यकालमा प्रथम उपाध्यक्ष रहे पनि नेतृत्वका लागि रुचि देखाएका थिएनन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाका दाजुसमेत हुन् । शेखर र लोकमान्यका बुबाहरु दाजुभाइ हुन् ।

२००५ साल साउन १५ गते जन्मिएका गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष पनि हुन् । हाल यस समूह अन्तर्गत हंशराज हुलासचन्द एण्ड को., हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् ।

गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका थिए ।

प्रकाशित : ३ बैशाख २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह