Logo

Banner-news

नयाँ उद्यमीका लागि महासंघको आह्वान, यस्ता छन् मापदण्ड !


५ बैशाख २०७८, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसंग शनिबारबाट आवेदन आव्हान गरेको छ ।

आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत्र ९ गते एक पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेभसाइट मार्फत प्राप्त गर्न सकिने छ ।

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसंग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसंग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।

नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना÷स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो ।

एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्टे«शनहरू, प्यान÷भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक÷संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने जनाइएको छ ।

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह