Logo

Banner-news

अर्ना बियरलाई अन्तर्राष्ट्रिय अवार्ड, लण्डन बियर प्रतियोगितमा रजत र कास्य पदक !


GDP Nepal
   ७ बैशाख २०७८, मंगलबार


काठमाडौं । संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७, २०२१मा आयोजित लण्डन वियर कम्पिटिशन २०२१ मा अर्ना ८ तथा अर्ना लाइट बियरले क्रमशः रजत र काश्य पदक हासिल गर्न सफल भएका छन ।

विश्व वियर उद्योगमा सर्वोच्च मान्यताप्राप्त प्रतियोगितामा नेपाली उत्पादन उत्कृष्ट ठहर भएका हुन् ।

यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो ।

अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनीले जनाएको छ । यससँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ ।

लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको बिभिन्न बिधाहरुमा मुल्याङ्कन गरी बिजता घोषणा गरेका थिए ।

लण्डन वियर प्रतिष्पर्धाले गुणस्तरलगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवम् उपभोक्ता तथा अन्य सहभागीहरु लगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।

यस स्पर्धाका निर्णायकहरु वियर उद्योगका विभिन्न पक्षका विशेषज्ञहरु जस्तै ः विश्लेशक, उत्पादन पक्ष, विक्रिवितरण, व्यापार प्रवद्र्घन पक्ष, शैक्षिक क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरि छनोट गरिएको थियो ।

अर्ना ८ ले १०० पूर्णाङ्कमा ८५ अंक प्राप्त गरि रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइट ले ७२ अंकका साथ काश्य पदक प्राप्त गरेको छ ।

यो जित यति ब्रुअरी प्रा.लि.को मात्र नभै मुलुककै लागि पनि गर्वको विषय हो किनभने यस नतीजाले उपभोक्ताका रोजाइका विश्व स्तरिय वियर हाम्रो मुलुकमा पनि उत्पादन भइरहेका छन भन्ने प्रमाणित भएको कम्पनीले दावी गरेको छ ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह