Logo

कर्पोरेट-बजार

कोभिड– १९ विरुद्ध खोप लगाउनेलाई चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट


GDP Nepal
   ९ बैशाख २०७८, बिहिबार


काठमाडौं । कोभिड १९ विरुद्ध खोप लगाइसकेका नेपाली नागरिकले चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुट पाउने भएका छन् । यस्तो सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने जनाइएको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीले विश्वास लिएको जनाइएको छ । यो योजना वैशाख ९ गतेबाट शुरू भइ जेठ १७ सम्मको लागि मात्र मान्य हुनेछ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायत पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह