Logo

कर्पोरेट-बजार

पोखरा थन्डर्सलाई ह्युन्डाइ नेपालको साथ


GDP Nepal
   ११ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेपालको लागि हुण्डार्ई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सात टिममध्येका एक पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।

नेपाल सुपर लिगको प्रथम संस्करण शनिबार वैशाख ११ गतेदेखि जेठ १ गतेसम्म हुन गइरहेको छ । नेपाल सुपर लिग नेपालमापहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।

नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याटमा खेलिन्छ ।

ह्युन्डाइले विश्वभरनै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्वकपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरीनैै लक्ष्मी ह्युन्डाइले पनि नेपालमा खेलकुद विकाशको लागिविभिन्न खेलकुदहरु (फुटबल, गल्फ) माप्रत्यÔरुपमा सहयोग गर्दै आइरहेको जनाइएको छ ।

लक्ष्मी ह्युन्डाइले बिगतमानेपालको ‘ए’ डिभिजन टिम पनि १० वर्षसम्म प्रायोजन गरेको थियो ।


हुण्डाई मोटरले इङ्लिस प्रिमियर लिगसिजन २०१८/१९ देखि ४ बर्षसम्मकालागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफा प्रतियोगिताहरुमा विगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ ।

प्रकाशित : ११ बैशाख २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह