Logo

बैंक / बिमा /शेयर

सनराइज क्यापिटल सञ्चालनको २५ वर्ष पूरा


appharu
   १९ असार २०७५, मंगलबार


काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले पूँजी बजारमा मर्चेण्ट बैंकिङ्ग सम्बन्धी कार्य गरी आएकोे २५ वर्ष पूरा भएको छ ।
देशमा पुँजी बजारको विकासका लागि मर्चेन्ट बैकिङ्ग सेवा प्र्रदान गर्ने मूख्य उद्देश्यका साथ पहिलो मर्चेन्ट बैकिङ्ग कम्पनीका रुपमा बि सं २०४९ सालमा “एन.आई.डि.सि क्यापिटल मार्केट्स लिमिटेड” को स्थापना भएको थियो ।
एन.आई.डि.सि क्यापिटल मार्केट्स लि.को सहायक कम्पनीको रुपमा बि. सं २०६७ सालमा एन सि एम मर्चेन्ट बैकिग लिमिटेड स्थापना गरी आप्mनो सेवा प्रदान गर्दै आएकोमा एन.आई.डि.सि क्यापिटल मार्केट्स लाई सनराइज बैंकले प्राप्ती गरे पश्चात मिति २०७४ जेठ १० गते एन.सि.एम.मर्चेण्ट बैंकिङ्ग लि. को नाम परिवर्तन गरी सनराइज क्यापिटल लिमिटेडको नामबाट आफ्नो सेवालाई निरन्तरता प्रदान गरी आएको छ ।
रजत जयन्ती कार्यक्रम नेपाल धितोपत्र बोर्डकोे अध्यक्ष डा. रेवतबहादुर कार्कीको प्रमुख अतिथित्वमा सम्पन्न २०७५ आषाढ १८ गते सम्पन्न भएको छ ।
आफ्नो २५ वर्षे कार्यकालमा कम्पनीले हालसम्म ८२ वटा प्राथमिक शेयर निष्कासन र ७७ कम्पनीको हकप्रद निष्कासन गर्नुको साथै ३२ वटा कम्पनीको शेयर प्रत्याभुति गरिसकेको छ । कम्पनीले ३४ वटा कम्पनीको शेयर रजिष्ट्रारको कार्य गरिसकेको मा हाल १२ वटा कम्पनीको शेयर रजिष्ट्रारको काम गरि आएको छ ।
पँुजी बजारको क्षेत्रमा पहिलो मर्चेण्ट बैंकिङ्गका रुपमा स्थापित यस कम्पनीले शेयर रजिष्ट्रार, शेयर निष्काशन, प्रत्याभुति तथा पोर्टफोलियो सेवाहरु प्रदान गर्दै आउनुको साथै नेपालको पहिलो सामुहिक लगानी कोष एनसीएम म्युचुअल फन्डको शुरुवात बि. सं. २०५० सालमा गरेको थियो र सो पश्चात बि.स. २०५९ मा दोस्रो सामुहिक लगानी कोष “एन सि एम म्युचुयल फण्ड–२०५९ को सफलतापूर्वक संचालन गरेकोे थियो ।
यस कम्पनीले सन्राइज बैंकको सहायक कम्पनीको रुपमा रही अझै व्यवस्थित बनाउँदै ग्राहक महानुभावहरुलाई थप सेवाहरु प्रदान गर्ने क्रममा इन्भेस्टमेन्ट बैंकिङ विभागको स्थापना गरी सो अन्तर्गत पोर्टफोलियो व्यवस्थापनको कार्य थालनी गरिएको र नेपाल धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसरमा आयोजित पहिलो पुँजी बजार प्रदर्शनीमा सोको औपचारिक रुपमा शुरुवात गरिएको छ ।

प्रकाशित : १९ असार २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह