Logo

Banner-news

मंगलम सिपिभिसी उद्योगमा आगलागी, ७ करोड क्षति अनुमान


GDP Nepal
   १६ बैशाख २०७८, बिहिबार


काठमाडौं । नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंगस् उत्पादक कम्पनी मंगलम उद्योगमा मंगलबार भएको आगलागीबाट ७ करोडक्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

मंगलम नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता समेत हो । उद्योगको सिदार्थ नगर कारखानामा मंगलबारबिहान भएका आगलागी भएको थियो ।

बिहान १० बजे नजिकैको मैदानमा पराल जलेको कारण आगो शुरू भएको थियो र करिब ५ देखि७ करोड सम्मको उत्पादन र गोदामशेडमा आगोले क्षति पु«¥याएको कम्पनीले जनाएको छ । थप क्षतिको अनुमान अझै हुदैँ गरेको विज्ञप्तिमा जनाइएको छ ।

मंगलम उद्योग प्राइवेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरीवालले भने, “उद्योगमा रहेका सामग्री लगायतका विभिन्न संरचनाहरूआगलागीबाट क्षतिग्रस्त भएका छन्। हामीले उद्योगमा उचित फायर प्रोटोकलको पालना गरे तापनि यो घटनालाई रोक्न भने सकेनौँ ।”

तरफायर प्रोटोकलहरू प्रतिको कट्टर पालनाको कारणले क्षति केही हदसम्म कम भएको र दुर्घटनाको क्रममा कोही पनि घाइते नभएकोउनी बताउँछन्।

आगो निभाउने उपकरणहरू प्रयोग गरेका कारखानाका कर्मचारीहरूको कडा परिश्रमबाट र सिद्धार्थ नगरपालिकाको फायर ब्रिगेड टीम, नेपाल पुलिस, नेपाली सेना र स्थानीय अधिकारीहरूको सहयोगबाट आगोलाई रोक्न सक्षम भएको र २ घण्टा भित्र नै आगो नियन्त्रणमालिइएको चुरीवाल बताउँछन् ।

प्रकाशित : १६ बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह