Logo

Banner-news

कर बुझाउने म्याद थप्न चेम्बरको आग्रह, अनलाइनबाट दाखिला सम्भव भएन !


GDP Nepal
   २१ बैशाख २०७८, मंगलबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर विवरण बुझाउने तथा दाखिला गर्ने म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ । सरकारले अनलाइनबाटै भए पनि समयमै विवरण बुझाउन तथा कर दाखिला गर्न अपिल गरिरहेका बेला चेम्बरले म्याद थप गर्न माग गरेको हो ।

चेम्बरले अनलाइनबाट कर विवरण बुझाउन र कर रकम दाखिला गर्न सम्भव नभएको जिकिर समेत गरेको छ ।

पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएकाले उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन, चेम्बरले भनेको छ ।

यस्तै, सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष चेम्बरले अनुरोध गरेको छ ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह