Logo

Banner-news

काठमाडौं उपत्यकाभित्र साढे ३७ हजार सक्रिय संक्रमित, सबैभन्दा बढी कोटेश्वर क्षेत्रमा


GDP Nepal
   २६ बैशाख २०७८, आइतबार


काठमाडौं । मुलुकमा हाल ८८ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । संक्रिय संक्रमण सबैभन्दा बढी काठमाडौं जिल्लामा रहेको छ भने उपत्यकाका तीन जिल्लामा दैनिक संक्रमणदर ४ हजारभन्दा बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौं जिल्लामा २७,६६० जना, ललितपुरमा ६,०१० जना र भक्तपुरमा ३,९१२ जनामा सक्रिय सङ्क्रमण छ।

यता, काठमाडौं महानगरपालिकाका अनुसार सबैभन्दा बढी सक्रिय संक्रमितको संख्या वडा नं. ३२ मा रहेको छ । यो वडा कोटेश्वर क्षेत्रमा पर्दछ । यस वडामा ३ हजार ७ सय ८४ संक्रमित रहेको महानगरपालिकाको तथ्यांक छ । जसमध्ये ४७० जना सक्रिय संक्रमित रहेको र यसमा ४४७ जना होम आइसोलेसनमा छन् ।

मुलुकभरका सक्रिय सङ्क्रमितमध्ये ६,७३० जना संस्थागत आइसोलेशनमा र बाँकी ८१,००० जनाभन्दा बढी घरमै आइसोलेशनमा बसिरहेको मन्त्रालयले जनाएको छ । अहिले देशभरिका अस्पतालमा ८३२ जना आईसीयूमा र २६७ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैबीच, नेपालमा गत २४ घण्टामा थप ८,८५० जनामा कोरोनाभाइरस सङ्क्रमण र ५२ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सरकारले सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु अनि शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ।

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह