Logo

कर्पोरेट-बजार

वरिष्ठ उपाध्यक्ष ढकालको संयोजकत्वमा महासंघमा कोभिड-१९ सहायता केन्द्र


GDP Nepal
   २९ बैशाख २०७८, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ । मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले महासंघले यस्तो केन्द्र स्थापना गरेको हो ।

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरिरहेका छन् ।

कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बा“डफा“ड समेत गरिएको छ । जसमा अक्सिजन सिलिण्डर व्यवस्थापन उपाध्यक्ष रामचन्द्र संघई र सदस्य शौरभ ज्योतिले गर्नेछन् भने अस्पताल तथा आइशोलेशन केन्द्र सहजीकरण सदस्य हेमराज ढकाल र रविन श्रेष्ठले गर्नेछन् ।

यस्तै, अस्पताल व्यवस्थापन ई. देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा. केयूर गौतमले गर्ने जनाइएको छ । एम्वुलेन्स तथा आइशोलेशन केन्द्रको व्यवस्थापन सदस्य रञ्जीतराज आचार्यले तथा औषधि तथा मेडिकल उपकरणका् सदस्य प्रवलजंग पाण्डे र भक्त हमालले व्यवस्थापन गर्ने जनाइएको छ ।

महासंघका अनुसार होटल तथा हवाई यातायातको व्यवस्थापनको जिम्मेवारी भने पर्यटन समिति सभापति ज्योत्सना श्रेष्ठसहित विनायक शाह र विनोद सापकोटालाई दिइएको छ ।

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल
(९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्पmत सम्पर्क गरि आपूmलाई आवश्यक सेवा टिपाउन सकिने जनाइएको छ ।

सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल हुनेछ ।

सहायता केन्द्रका तर्फबाट यतिखेर सेवा प्रवाहमा निकै ठूलो भूमिका निर्वाह भैरहेको छ । समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका निकै धेरै मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भैरहेको छ ।

महासंघले यसअघि फएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत महासंघले यसअघि हेल्लो डाक्टर संचालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने कार्यको शुरुवात गरिसकेको छ ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लागिरहेको भन्दै महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह