Logo

Banner-news

महासंघद्वारा २६ बेडको आइसोलेसन सञ्चालन, कसले पाउँछन् सुविधा ?


GDP Nepal
   ३० बैशाख २०७८, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग र सहकार्यमा कोभिड संक्रमितहरूका लागि आजबाट कमलपोखरीस्थित जैन निकेतनमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ ।

आइशोलेसन सेन्टरमा प्रारम्भमा जम्मा २६ बेड रहने छन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना छ । कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको हो ।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउ“मा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य महासंघको छ ।

आइशोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइशोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरिएको छ ।

आइसोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गर्नेछ । स्थानीय तहमा संक्रमितहरूसँग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्नेछ ।

आइशोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउसोको खाजाको प्रवन्ध गरिने छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलव्ध गराइने छ ।

आइशोलेसनमा रहंदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ भने तत्पश्चातको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ ।

केही व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघले स्पष्ट पारेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा भन्छन्, कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइशोलेसन सेन्टर संचालनमा ल्याएको हो ।

अध्यक्ष गोल्छाका अनुसार यस्ता आइशोलेसन सेन्टरको संचालनबाट कोरोना संक्रमण नियन्त्रणमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ ।

आइशोलेसन सेन्टर स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले विभिन्न संघ संस्थाहरूको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाउ“मा पनि विस्तार गर्दै जाने योजना रहेको जानकारी दिए ।

सामूहिक आइशोलेसन भएको कारण जेष्ठ नागरिक, दीर्घ रोगीहरू लगायत १५ वर्षमुनिका बालबालिकालाई पनि यस केन्द्रमा हाललाई सेवा दिन असमर्थ छौ तर निकट भविष्यमा केहि थप व्यवस्था गर्दै जाने पनि आचार्यले जानकारी गराए ।

महावीर जैन–निकेतनका अध्यक्ष विजय दुगडका अनुसार संस्थाबाट सधै समाज सेवा र यस्ता कार्यक्रम आयोजना गर्दै आएको र यसरी आफ्नो स्थान उपलव्ध गराई यो महामारीमा केही गर्न पाएकोमा संस्थाले गर्व महशुस गरेको छ ।

आरम्भ फाउण्डेशनका अध्यक्ष सीमा अधिकारीले भनिन्, यो सत्कार्यमा स्वास्थ्य उपचार र दैनिक व्यवस्थापनका लागि सहभागी हुने अवसर दिएकोमा महासंघलाई धन्यवाद दिन चाहान्छौं । हामी यूवाहरूले देशलाई परेको यो संकटमा केहि गर्ने मौका पाएका छौं, त्यसैले योगदान गर्न अघि सरेका हांै ।

महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको र सोही अभियान अन्तरगत उक्त आइशोलेसन सेन्टर संचालनमा ल्याउन लागिएको हो ।

महासघले यसअघि कोभिड संक्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर संचालनमा ल्याइसकेको छ ।

प्रकाशित : ३० बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह