Logo

Banner-news

पोखरा अस्पतालमा अक्सिजन प्लान्ट राख्न जुट्यो बतास फाउण्डेसन


GDP Nepal
   ३० बैशाख २०७८, बिहिबार


काठमाडौं । बतास फाउण्डेसन पोखरा क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि जुटेको छ । बतास अर्गनाइजेसन अन्तर्गत सामाजिक कार्यका लागि स्थापित बतास फाउण्डेसनले २५ लाख बीउ पुँजी राखेर पोखरा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग जुटाउन थालेको छ ।

बतास फाउण्डेसनले आवश्यक लागतको व्यवस्थापन गर्दै सकेसम्म चाँडो माध्यमबाट प्लान्ट स्थापनाका लागि विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा छलफल र परामर्श गरिरहेको फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।

हाल मुलुकभर कोरोना संक्रमितका लागि अक्सिजन अभाव भइरहेको छ । पोखरा अस्पतालमा पनि अभाव भएसँगै बतास फाउण्डेसनले स्वस्फूर्त प्लान्ट स्थापनाका लागि पहल थालेको हो ।

फाउण्डेसनका अध्यक्ष बतासका अनुसार प्लान्ट निर्माणका लागि ३ करोड रुपैयाँ लाग्ने छ । जसमध्ये बतासकै पहलमा अहिलेसम्म डेढ करोड रुपैयाँ संकलन भइसकेको छ।

अटोवेज प्रालीका नारायण पौडेल, सेलवेज प्रालीका शुसिल प्रधानाङ्ग, सुपर मादी हाइड्रो पावरका पुष्प ज्योती ढुंगाना, क्वालिट एग्रिगेट माइनिङका देबबहादुर ज्वारचन र बि रिभर माइनिङ प्रालीले २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै, भक्त बतास दमौलीबाट १ लाख तथा बतास फाउण्डेसनले पनि २५ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता रहेको छ ।

प्रतिघण्टा १०–१५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्न सक्ने उक्त अक्सिजन प्लान्ट ६० देखि ९० दिनमा तयार गरिसक्ने आनन्दराज बतासले जानकारी दिए।

प्रकाशित : ३० बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह