Logo

कार्पेट / बजार

व्यवसायी घिमिरेले चीनबाट अक्सिजन ब्याग, मास्क र सिलिण्डर ल्याउँदै


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौं । कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजनको व्यवस्थापन गर्न निजी क्षेत्र पनि जुटेको छ । मुलुकभर अक्सिजनको अभाव भएपछि एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन व्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिण्डर ल्याउने भएका हुन् ।

ग्रुप अन्तर्गतका दुई कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिमार्फत भित्र्याइने यी सामग्री सात दिनभित्रै आइपुग्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।

शिवप्रसाद घिमिरे

पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग तथा ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर सोमबार हवाई मार्गबाट काठमाडौं आइपुग्ने जनाइएको छ । यस्तै, अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२५० युनिट जेठ ७ गतेभित्र स्थलमार्गबाट नेपाल ल्याइपु¥याइने अध्यक्ष घिमिरेले जानकारी दिए ।

घिमिरेले मुलुकमा अक्सिजन अभावको समस्या भयावह भएको उल्लेख गर्दै यो बेला मुनाफा नराखी लागत मूल्यमा यी सामग्री आवश्यकताका आधारमा अस्पताल तथा व्यक्तिहरुलाई उपलब्ध गराइने जानकारी दिए ।

“अहिलेको महामारीमा हामी सबै व्यवसायीले विदेशमा आफ्नो नेटवर्कमार्फत अक्सिजनलगायतका अत्यावश्यकीय स्वास्थ्य सामग्री भित्र्याउन पहल गर्नुपर्छ भनेर यो प्रयास गरिएको हो,” अध्यक्ष घिमिरे भन्छन्, “तत्कालका लागि अक्सिजन सिलिण्डर, ब्याग र मास्क भित्र्याएका छौं र आवश्यकताका आधारमा थप सामग्री ल्याउने योजनामा छौं ।”

अक्सिजन ब्यागको उपयोगिता यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पु¥याउनु पर्ने संक्रमितका लागि गर्न सकिने जनाइएको छ । अन्य मुलुकमा यस्तो व्याग आपतकालिन उपचारका लागि प्रभावकारी सावित हुँदै आएको छ ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह