Logo

Banner-news

नेपाललाई आपतकालीन सहयोग आवश्यकः डब्लूएचओ


GDP Nepal
   १ जेष्ठ २०७८, शनिबार


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपालमा कोरोना संकट भयावह बन्दै गएको भन्दै आपतकालीन सहयोग आवश्यक रहेको जनाएको छ । सरकारले नेपालको स्थिति नियन्त्रणमा रहेको दावी गरिरहे पनि डब्लूएचओले भने स्थिति नियन्त्रणबाहिर जाने अवस्थामा रहेकोतर्फ इंगित गरेको छ ।

कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका हुन्।

शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका छन्।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए।

डा. गेहब्रेयससले भने, ‘डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ।’

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह