Logo

Banner-news

साउदी उडानमा अत्यधिक भाडा लिने एजेन्सीको बचाउमा हिमालय एयरलाइन्स !


GDP Nepal
   ६ जेष्ठ २०७८, बिहिबार


काठमाडौं । हिमालय एयरलाइन्सले साउदी अरेबियामा चार्टर फ्लाइट गर्दा अत्यधिक महँगो भाडा लिइएको समाचारको खण्डन गरेको छ ।

नियमितभन्दा केही महँगो हुनु स्वाभाविक भए पनि प्रचार गरिएजस्तो अत्यधिक भाडा नलिइएको र कुनै ट्राभल एजेन्सीले लिएको पाइए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गरिने एयरलाइन्सले जनाएको छ ।

भारतीय नागरिकका लागि चार्टर फ्लाइट गर्दा चार गुणासम्म भाडा लिइएको भन्दै काठमाडौंस्थित भारतीय दूतावासले कारबाहीका लागि नेपाल सरकारलाई पत्र लेखेको थियो ।

तर, तीनवटा उडान भरेको हिमालय एयरलाइन्सले ट्राभल एजेन्सीहरुले बढी शुल्क लिएको भन्ने आफूहरुलाई विश्वास नभएको भन्दै बचाउ गरेको छ ।

“सबै एजेन्सीको पहुंचमाभएको विश्वव्यापी टिकट वितरण प्रणाली मार्फत सबै टिकट विक्री भएको तथा भाडादरहरु सबै पनि उक्तप्रणालीको माध्यमबाट सबै एजेन्सीको पहुंचमा भएको जानकारी गराउन चाहन्छौं,” एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, “यस प्रणाली सम्पूर्ण रुपमा ट्रान्सपेरेन्ट तथा एजेन्सीहरुको माझमा प्रतिस्पर्धात्मक छ, जसबाट यात्रीले सेवाको गुणस्तर तथा सेवाशुल्कको सवालमा लाभ प्राप्त गर्न सक्दछ ।”

उक्त उडानहरुले एकतर्फी यात्री बोक्न पर्ने अर्थात फर्किदा विमान खाली ल्याउनुपर्ने भएकोले ती उडानमा नियमित उडानभन्दाअनुपातीय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहने एयरलाइन्सको भनाइ छ ।

“सामान्यतया एजेन्सीहरुले अत्यधिक शुल्क लिँदैनन् भन्ने यस एअरलाइन्स्को विश्वास रहेको छ, तथापी कुनै एजेन्सीले कुनै यात्रीसंग अवान्छनीय ढंगले अत्यधिक शुल्क लिएको प्रमाण पेश हुन आएमा यस एअरलाइन्स्ले आवश्यक कार्वाहीको लागि सम्बन्धित नियामक निकायमा सिफारिश गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
भारतीय राजदूतावासको विशेष अनुरोधमा नेपाल सरकारद्वारा निर्णय भइ नेपाल एअरलाइन्सले जम्मा ७ वटा तथा हिमालय एअरलाइन्स्ले जम्मा ३ वटा उडान गर्ने गरेका थिए ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह