Logo

Banner-news

दानवीर उद्यमी विजय शाह: कोरोनाविरुद्ध लड्न दिए २ करोड !


GDP Nepal
   ८ जेष्ठ २०७८, शनिबार


काठमाडौं । मुलुकमा कोभिड संकट बढेका बेला अधिकांश ठूला उद्यमी गुमनाम छन् । अस्पतालहरुमा हाहाकार भइरहेको यो बेला इतिहासमा बिरलै हुने मानवीय संकट पनि छ । केही उद्यमीले स्वस्फूर्त सहयोग गरिरहे पनि अधिकांशको भने चर्चासमेत छैन ।

तर, उद्यमी विजय कुमार शाह भने यस मामिलामा अपवाद हुन् । कोभिड संकट सुरु भएयता सबैभन्दा पहिलो सहयोग घोषणा गरेर चर्चामा आएका शाहको कम्पनीले थप सहयोग पनि घोषणा गरेको छ ।

पेशाले मदिरा उद्यमी शाहको मनकारी कर्मको अहिले सर्वत्र प्रशंका पनि भइरहेको छ । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष शाह समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म रहेको भन्दै यसबाट आफूलाई प्रचार नचाहिएको बरु जनताले सुविधा पाउनुपर्ने बताउँछन् ।

शाह यस वर्षको कर दिवसमा सबैभन्दा बढी आयकर बुझाएर सम्मानीत भएका व्यवसायीसमेत हुन् ।

त्यसो त जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले पछिल्लो दुई हप्तामा दुई करोड रुपैयाँको प्रत्यक्ष अनुदान सहयोग गरेको जनाएको छ । कोभिड–१९ महामारीविरुद्ध लड्न उक्त सहयोग गरेको कम्पनीले जनाएको छ ।

सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड–१९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको जनाएको छ ।

कम्पनीले अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड ३५ लाख, विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासको लागि ७५ लाख सहयोग गरेको जनाएको छ ।

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले व्यापारिक घरानाहरुले कुनै पनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकास गर्नुपर्ने बताएका छन् ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह