Logo

Banner-news

निजी क्षेत्रको पुण्य कार्यः पुल्चोकस्थित अक्षेश्वर महाविहारमा महासंघको आइसोलेसन


GDP Nepal
   ९ जेष्ठ २०७८, आइतबार


काठमाडौं । कोभिड संक्रमितका लागि सहयोग गर्ने नेपाल उद्योग वाणिज्य महासंघको अभियानले तिव्रता पाइरहेको छ ।

संक्रमितका लागि अस्पतालमा उपचार र अक्सिजनमात्र नभइ सुरुवाती अवस्थामा आइसोलेसन कक्षको पनि उत्तिकै आवश्यकता रहेको महशुस गरी महासंघले धमाधम आइसोलेसन सेन्टर स्थापना गरिरहेको छ ।

ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग र सहकार्यमा कोभिड संक्रमितहरूका लागि महासंघले तेस्रो आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

आइतबारबाट अक्षेश्वर महाविहार पुल्चोक, ललितपुरमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर संचालनमा ल्याउने विज्ञप्तिमा जनाइएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको स्थानीय संयोजन, आरम्भ फाउण्डेशनको स्वास्थ्य सेवा सम्बन्धी सहकार्य र अक्षेश्वर महाविहारले आइशोलेशन केन्द्र स्थापनाका लागि स्थान उपलव्ध गराएको छ ।

आइशोलेसन सेन्टरमा प्रारम्भमा जम्मा ३० बेड रहने छन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना छ ।

केन्द्रबाट दैनिक पौष्टिक आहार र स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराइने छ । केन्द्रका लागि आवश्यक औषधि, महासंघको कार्यकारिणी समिति सदस्य प्रवलजंग पाण्डे र निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, मास्क सेनिटाइजर कार्यकारिणी समिति सदस्य आनन्द वगाडिया, खाद्यान्न कार्यकारिणी समिति सदस्य संदिप अग्रवाल(गाडिया), सेनिटाइजर हयाण्डवास सोप पवन चौधरी, डेटोल सोप, कोल्गेट, टुथपेष्ट, टुथव्रस, हार्पिक बल्लभ सिग्देल, पिउने पानी अजयसिंह कार्की, इन्टरनेट सेवा भायनेटका सेवा पाठक, हात्तिछाप चप्पल विदुषी राणाले उपलव्ध गराइरहेका छन् ।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउ“मा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले केन्द्र संचालनमा ल्याएको हो ।

आइशोलेसनमा रहंदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ भने तत्पश्चातको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ ।

केही व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघ स्पष्ट पारेको छ ।

आइशोलशन केन्द्रको आज अवलोकन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले संक्रमणका बखत उचित खानपिन र वासस्थानको अभाव भइरहेकालाई केन्द्र संचालनबाट ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महामारिको यो समयमा समस्यामा परेकाहरूलाई मानवीय सेवा गर्ने उद्देश्यले महासंघले संचालन गरेको स्वास्थ्य अभियानबाट निकै धेरैले राहतको महशुस गरेको बताए ।

आइशोलेसन सेन्टर स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरीरहनु भएका महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले कोभिडको यो विषम परिस्थितिमा ललितपुरमा आइशोलेशन केन्द्र संचालनका लागि सहयोग गरेकोमा ललितपुर उद्योग वाणिज्य संघ, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार र यसका नेतृत्वलाई धन्यवाद दिए ।

ललितपुर उवासंघका अध्यक्ष मनोज बहादुर न्याच्छयोले यो मानवीय सहायता कार्यमा महासंघसंग जोडिन पाएकोमा खुशी प्रकट गर्दै संघको तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिवद्धता जनाए ।

महासघले यसअघि गत वैशाख ३० गतेदेखि भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग र सहकार्यमा कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको आइशोलेशन सेन्टर र जेठ ३ गते देखि क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालको भवनमा काठमाडौं महानगरपालिका वडा नम्वर १७ संगको सहकार्यमा ५० वेडको आइशोलेशन केन्द्र संचालनमा ल्याइसकेको छ ।

महासघले यसअघि कोभिड संक्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर संचालनमा ल्याई सकेको छ भने स्वास्थ्य सहायता खोज्नेका लागि कोभिड स्वास्थ्य सहायता केन्द्रले सहयोग गरिरहेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह