Logo

Banner-news

पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्टः साढे ३ करोड जुट्यो, बतासबाट मात्रै ५३ लाख !


GDP Nepal
   १३ जेष्ठ २०७८, बिहिबार


काठमाडौं । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा अक्सिजन प्लान्ट स्थापनाका लागि बिहीबारसम्म ३ करोड ५० लाख रुपैयाँ संकलन भएको छ ।

बतास फाउन्डेसनको नेतृत्वमा स्थानीय उद्यमी, व्यवसायी र समाजसेवीको पहलमा भइरहेको सहयोग रकम संकलनबाट अहिलेसम्म साढे ३ करोड रुपैयाँ संकलन भइसकेको जनाइएको छ ।

बतास अर्गनाइजेसन अन्तर्गतका विभिन्न कम्पनी तथा बतास फाउन्डेसनमार्फत मात्रै ५३ लाख रुपैयाँ बीउ पुँजी राखेर अभियान सुरु गरिएको थियो । अभियान सञ्चालनका लागि फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासको अध्यक्षतामा समिति पनि गठन भएको छ ।

समितिले यस अभियान अन्तर्गत ९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । जसबाट थप १० बेड आईसीयू, विभिन्न स्वास्थ्य उपकरण लगायत जडान गर्ने जनाइएको छ ।

अध्यक्ष बतासका अनुसार हाल अक्सिजन प्लान्टका लागि प्राप्त विभिन्न प्रस्तावमाथि समितिले मूल्यांकनको काम गर्नेछ भने आईसीयू बेड तथा अन्य उपकरणका लागि कोटेसन माग गरिएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह