Logo

Banner-news

मेडिकल माफियाविरुद्ध संघर्षरत उज्वल थापाको उपचार खर्च बेहोर्ने दुर्गा प्रसाईको घोषणा !


GDP Nepal
   १५ जेष्ठ २०७८, शनिबार


काठमाडौं । झापाका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको उपचार खर्च बेहोर्ने घोषणा गरेका छन् ।

मेडिकल माफियाविरुद्ध वर्षौंदेखि लडिरहेका थापाको स्थिति गम्भीर भएसँगै उनको उपचारका लागि रकम संकलन भइरहेको छ । तर, मेडिकल माफियाका पर्याय बनेका प्रसाईंले थापाको उपचार खर्च बेहोर्ने प्रचारबाजी गर्नुलाई उनको प्रचारवाजीका रुपमा मात्र बुझ्न सकिन्छ ।

प्रसाईंको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालीलाई काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट सम्बन्धन दिन लागेसँगै चर्को आलोचना भइरहेको छ । यस सम्बन्धमा विज्ञप्ति जारी गर्ने प्रा. डा. गोविन्द केसीका सहयोगी प्रितम सुवेदीलाई धम्क्याएको भन्दै आलोचित प्रसाईले सकारात्मक चर्चाका लागि सहयोगको घोषणा गरेको हुनसक्ने जानकारहरु बताउँछन् ।

थापा डा. केसीको अभियानका सुरुवातदेखिकै सारथि हुन् । सिर्जनशील आन्दोलनमार्फत केसीलाई सघाउँदै आएका उनी वैकल्पिक राजनीतिक धरोहर समेत हुन् । उनको नेतृत्वमा विवेकशील नेपाली दलले रचनात्मक र सिर्जनात्मक आन्दोलन गर्दै आए पनि केही समययता उनी पार्टी नेतृत्वबाट अलग भएका थिए ।

थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले ब्यहोर्ने विज्ञप्तिमा जनाइएको छ । थापा हाल मेडिसिटी अस्पतालमा उपचाररत् छन् ।

स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उनलाई ग्रान्डि अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सधन उपचार कक्षामा भर्ना गरिएको छ । उनको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियान समेत शुरुआत गरेको बताइएको छ ।

मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वरिष्ठ सामाजिक अभियान्ता समेत रहनु भएका थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्नै शनिबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कलेजका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार रकमको अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत एवम् यसका लागि आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न कलेज प्रतिबद्ध रहेको उल्लेख छ ।

विज्ञप्तिमा गणतन्त्र स्थापनार्थ एवम् सामाजिक आन्दोलनमा थापाले पु¥याउनुभएको अथक योगदान उच्च छ ।

विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले भनेका छन्, “गणतन्त्र स्थापनामा लाग्नु भएका असल सामाजिक अभियान्ता तथा तत्कालीन विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने छ । म उहाँको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु । रकमका अभावमा अकालमा कसैले मृत्युवरण हुन नदिन म आफ्नोे क्षमताले भ्याएसम्म सहयोग गर्छु । मेरा लागि मानव सेवा नै धर्म हो । ”

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह