Logo

कर्पोरेट-बजार

होटललाई उत्पादनमूलक उद्योगसरह सुविधा, पर्यटकलाई एक महिना भिसा निशूल्क


GDP Nepal
   १५ जेष्ठ २०७८, शनिबार


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत होटललाई उत्पादनमूलक उद्योगसरह सुविधा, दिने भएको छ । पर्यटन व्यवसायीले लामो समयदेखि यस्तो माग गर्दै आएका थिए ।

नेपाल भ्रमण गर्ने पर्यटकलाई एक महिनाको भिसा शुल्क निशुल्क गरिने भएको छ ।

यस्तै, पुनर्कर्जा सम्बन्धी चालू आवको व्यवस्थाले निरन्तरता पाउने भएको छ । पुनर्कर्जाको क्षेत्र विस्तार गर्दै सरल बनाइने जनाइएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडलले आर्थिक वर्ष २०७८–७९ का लागि बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा विघटनका कारण सरकारले यस वर्ष अध्यादेशमार्फत बजेट ल्याएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह