Logo

Banner-news

चुनावी सरकारको पपुलिष्ट कार्यक्रम, ज्येष्ठ नागरिकको भत्ता अब ४ हजार !


GDP Nepal
   १५ जेष्ठ २०७८, शनिबार


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाएको छ ।

यसअघि ज्येष्ठ नागरिकले मासिक ३ हजार रुपैयाँ भत्ता पाउँदै आएका थिए । प्रधानमन्त्री केपी ओलीले चुनावअघि मासिक ५ हजार पुर्याउने घोषणा गरेका थिए ।

चुनाव घोषणा गरेको वर्ष सरकारले यस्तो पपुलिष्ट कार्यक्रम ल्याएको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडलले आर्थिक वर्ष २०७८–७९ का लागि बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा विघटनका कारण सरकारले यस वर्ष अध्यादेशमार्फत बजेट ल्याएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह