Logo

कर्पोरेट-बजार

चेम्बरद्वारा टेली मेडिसिन सेन्टरको शुभारम्भ


GDP Nepal
   १६ जेष्ठ २०७८, आइतबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले टेलिमेडिसिन सेन्टर अन कोभिड–१९ सञ्चालनमा ल्याएको छ । चेम्बरले नेपाल चिकित्सक संघसँगको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड–१९ सञ्चालनमा ल्याएको हो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको शुभारम्भ भएको छ । टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्बर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ ।

कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट संयुक्त रुपमा पहल भएको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड १९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाटयस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउँदा खुशी लागेको बताए ।

मल्लले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी बिभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए ।

यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजना रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले मेरो डाक्टर एप गर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित : १६ जेष्ठ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह