Logo

Banner-news

बजेटको प्रशंशा गर्दै उद्योग वाणिज्य महासंघले भन्यो, कार्यान्वयन भने विगतभन्दा चुनौतीपूर्ण !


GDP Nepal
   १७ जेष्ठ २०७८, सोमबार


नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन विगतभन्दा चुनौतिपूर्ण रहेको टिप्पणी गरेको छ । बजेटलाई समग्रमा सकारात्मक रहेको संज्ञा दिएको महासंघले कार्यान्वयन पक्षबारे भने सुरुमै आशंका गरेको हो ।

“आगामी आर्थिक बर्ष शुरू भएको चौथो महिनामा नै निर्वाचन तय भएको छ, खोप सेवा विस्तार हुन नसके कोभिडको तेस्रो लहरको सम्भावना पनि छ,” महासंघले विज्ञप्तिमा भनेको छ, “यस्तो अवस्थामा १६ खर्ब ४७ अर्बको बजेट कार्यान्वयन चुनौतिपूर्ण हुनेछ ।”

महासंघले निजी क्षेत्रले व्यापार विस्तार गर्न नपाए राजस्वमा चाप पर्ने भएकाले सरकारले सबैभन्दा पहिले खोप सेवा विस्तार गरि निजी क्षेत्रलाई निर्वाध काम गर्न सक्ने वातावरण बनाउनुपर्ने जनाएको छ ।

खोप विस्तार गरि निजी क्षेत्रले निर्वाध काम गर्न सक्ने वातावरण वन्ने हो भने सरकारले अपेक्षा गरेको आर्थिक वृद्धि हासिल हुन सक्ने जनाइएको छ ।

आगामी आर्थिक बर्ष शुरू भएको चार महिनामा नै निर्वाचनको मिति घोषणा भइसकेकाले बजेटमा समावेश निजी क्षेत्र र लगानी मैत्री कार्यक्रम कार्यान्वयन सुनिचितता आवश्यक रहेको महासंघको भनाइ छ ।

यसैबीच, महासंघले संघीय बजेटले प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्दै उद्योग व्यवसायको पुनरूत्थान र लगानी विस्तार हुने अधिकांश कार्यक्रम समावेश गरेको जनाएको छ ।

महासंघद्वारा प्रस्तुत अधिकांश सुझाव समावेश गरिएको भन्दै बजेटको स्वागत गरेको महासंघले बजेटको प्राथमिकताले सकारात्मक सन्देश दिएको जनाएको छ ।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह