काठमाडौं (एजेन्सी) । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड २६ लाख २१ हजार ६२३ रहेका छन् ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्यामा सबैभन्दा बढी अमेरिका र दोस्रोमा भारत रहेको छ ।
संयुक्त राज्य अमेरिकामा ३ करोड ३३ लाख ४६ हजार ३६६, भारतमा २ करोड ८६ लाख ९४ हजार ८७९ संक्रमित पुगेका छन् । यस्तै, ब्राजिलमा १ करोड ६८ लाख ४१ हजार ४०८, फ्रान्समा ५७ लाख ६२ हजार ६३७ र टर्कीमा ५२ लाख ७६ हजार ४६८ रहेको छ ।
रुसमा ५० लाख ३१ हजार ५८३, बेलायतमा ५० लाख ५८ हजार २२१, इटालीमा ४२ लाख २७ हजार ७१९ र अर्जेन्टिनामा ३९ लाख १५ हजार ३९७ रहेका छन् ।
प्रतिक्रिया