Logo

Banner-news

सय गरिब देशलाई अमेरिकाले ५० करोड खोप अनुदान दिने !


GDP Nepal
   २७ जेष्ठ २०७८, बिहिबार


वासिङ्टन (एजेन्सी) । अमेरिकाले आउँदो दुई वर्षभित्र संसारका करिब सय मुलुकलाई ५० करोड खोप अनुदान दिने भएको छ । गरिब मुलुकलाई खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय दबाब झेलिरहेको अमेरिकारले दुई वर्षभित्र यो परिमाणमा खोप उपलब्ध गराउने भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा ५० करोड खोपको मात्रा अनुदान दिइसक्ने जनाएका छन् । करिब १०० वटा देशलाई उपलब्ध गराउने यो खोप अमेरिकी कम्पनी फाइजरकै हुने सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिक योजना अनुसार यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ। अमेरिकी सरकारले ९२ वटा कम आय भएका देश र अफ्रिकी सङ्घलाई उक्त खोप सहयोग गर्ने जनाइएको छ।

यद्यपि, अमेरिकी राष्ट्रपतिको सचिवालय ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक तवरले केही बताएको छैन।

यद्यपि, अमेरिकाले विश्वका लोकतन्त्रहरूप्रति समर्थन जनाउने मुलुकहरुमा मात्र खोप अनुदान दिने जनाइएको छ ।

कोभ्याक्स कार्यक्रममार्फत सो खोप वितरण गरिने भनिएको छ। अघिल्लो वर्ष स्थापित कोभ्याक्सले धनी र गरिब देशहरूबीच खोपको पहुँचमा विभेद नहोस् भन्ने आवाज उठाउँदै आएको छ।

अमेरिकाले यसअघि कोभ्याक्समार्फत ६ करोड खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह