Logo

Banner-news

सिन्धुपाल्चोकमा बाढी बितण्डाः सातको मृत्यु पुष्टि, अर्बौं क्षति


GDP Nepal
   २ असार २०७८, बुधबार


काठमाडौं । मनसुन सुरु हुनेवित्तिकै आएको बाढीले सिन्धुपाल्चोक जिल्लामा ठूलो क्षति पुर्याएको छ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको ठूलो बाढीका कारण सात जनाको मृत्यु भएको छ भने क्षतिको एकीन विवरण आइनसके पनि अर्बौं बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

हेलम्बु र मेलम्ची क्षेत्रबाट सयौँ मानिस विस्थापित भएका छन् । पक्की घरहरु बाढीको बीचमा रहेको त्रासदीपूर्ण दृष्य देख्न सकिन्छ । मेलम्ची नदीमा मङ्गलवार साँझबाट बाढी आउन सुरु गरेपछि कतिपयले नजिकैको जंगलतिर भागेर ज्यान जोगाएका थिए ।

प्रशासनले हेलम्बु र मेलम्चीमा पानीको सतह बढेको भन्दै स्थानीयलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरेको छ । खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित गरिएको छ ।

बाढीले चारवटा पक्की पुलमा क्षति पुर्याएको छ । पीडितको बस्तीहरूमा तुरुन्तै पाल र खाद्यान्न पुर्याउने तयारी भइरहेको छ ।

यसअघि तीन दिनदेखि लगातार परेको पानीले मनाङमा केही घरहरू डुबानमा परेको स्थानीय प्रशासनले मङ्गलवार बताएको थियो।

मनाङमा लघु जलविद्युत आयोजना र केही सरकारी भवनमा पनि क्षति पुगेको बताइएको छ। टेलिफोन र विद्युत् सेवा पनि प्रभावित भएको छ।

प्रकाशित : २ असार २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह