Logo

Banner-news

भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने, नेपालमा के होला ?


GDP Nepal
   ६ असार २०७८, आइतबार


नयाँ दिल्ली (एजेन्सी) । कोरोनाको दोस्रो लहरले नै अस्तव्यस्त बनाएको छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने बताइएको छ । नेपालसँग खुला सीमा रहेको भारतमा कोरोनाको तेस्रो लहरको चर्चा चलिरहँदा नेपालमा पनि चिन्ता थपिएको छ ।

भारतमा दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि दोस्रो लहर सुरु भएको थियो । नेपाल सरकारले यसलाई समयमै नियन्त्रण गर्न नसक्दा सयौंको संख्यामा मृत्य भएको थियो । संक्रमण दरमा कमी आए पनि दोस्रो लहर अझै नियन्त्रणमा आउन सकेको छैन ।

समाचार संस्था रोयटर्सले स्वास्थ्य विशेषज्ञहरूसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले कोभिडको तेस्रो लहर भारतमा अक्टोबरमा देखिन सक्ने ठानेको पाइएको छ।

चालीस विज्ञ सहभागी उक्त सर्वेक्षणमा झन्डै दुईतिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने कुरा स्वीकारेका छन्।

तर विज्ञहरूले उक्त लहर नियन्त्रण गर्न सकिने खालको हुने बताउँदै कोभिड अझ एक वर्षका लागि खतराका रूपमा रहने बताएका छन्।

जुन १३ देखि १७ बीचमा गरिएको उक्त सर्वेक्षणमा विश्वभरिका स्वास्थ्य स्याहार विशेषज्ञ, चिकित्सक, वैज्ञानिक, भाइरसविद्, इपिडिमियोलजिस्ट र प्राध्यापकहरू छन्।

उल्लेख्य रूपमा खोप कार्यक्रम अघि बढेका कारण नयाँ लहरको प्रभाव केही कम हुने उनीहरूले बताएका छन्।

प्रकाशित : ६ असार २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह