Logo

Banner-news

अन्ततः शर्मासहित कर फर्स्यौटका तीनविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ३३ लाख बिगो दाबी


GDP Nepal
   ९ असार २०७८, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले कर फर्स्यौट आयोगका तत्कालीन संयोजक चुडामणि शर्मासहित अन्य दुई सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लामो अनुसन्धानपछि अख्तियारले शर्मासहित सदस्यद्वय लुम्बध्वज (एलडी) महत र उमेश ढकालविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

आयोगले शर्मा, महत र ढकालविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

सुशील कोइराला नेतृत्वको सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शर्माको अध्यक्षतामा तीन सदस्यीय कर फर्स्यौट आयोग गठन गरेको थियो । सो समयमा अर्थमन्त्री डा. रामशरण महत थिए ।

आयोगले जथाभावी कर फर्स्यौट गरिदिँदा राज्यलाई हानी नोक्सानी भएको अख्तियारको भनाइ छ । कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र बाहिर गइ वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व छली गरेको देखिएको अख्तियारले दाबी गरेको छ।

उनीहरुले मनोमानी किसिमले बदनियपूर्वक १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आएको अख्तियारको दावी छ।

प्रकाशित : ९ असार २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह