Logo

Banner-news

होटललाई सम्पत्ति करमा ९०% छुट, होटल संघले भन्यो- ठूलो राहत मिलेको छ


GDP Nepal
   ११ असार २०७८, शुक्रबार


काठमाडौं । काठमाडौं महानगरपालिको बिहीबार सम्पन्न नगरसभाबाट होटल उद्योगलाई सम्पत्ति करमा भारी छुट दिएको छ । महानगरले आव २०७८/७९ को लागि होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्ति कर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत छुट उपलब्ध गराएको छ ।

कोभिडबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्तिकरमा भारी छुट उपलब्ध गराएको भन्दै होटल संघ नेपालले काठमाडौं महानगरपालिकाको प्रशंशा गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड–१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटलहरुलाई ठूलो राहत मिलेको छ, संघले विज्ञप्तिमा भनेको छ ।

काठमाडौं महानगरपालिकाले होटल संघ नेपालको सुझावलाई मनन गरी गत वर्ष पनि ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको थियो ।

कोभिड–१९ को यस अवस्थामामा होटल तथा पर्यटन उद्योग पूर्ववत रुपमा फर्कन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण र सम्वर्द्धन लागि आव २०७८/७९ को लागि काठमाडौं महानगरपालिकाले होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्तिकर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट दिएको जनाइएको छ ।

संघले यस किसिमको सहुलियत आगामी वर्षहरुका लागि पनि पर्यटनको अवस्था राम्रो नभएसम्म निरन्तर हुनेमा काठमाडौं महानगरपालिका प्रति विश्वस्त रहेको जनाएको छ ।

अहिलेको विषम परिस्थितिमा अन्य स्थानीय निकायहरुको तर्फबाट समेत पर्यटन पुनरुत्थानको लागि यस प्रकारको सहयोग होस् भनी संघले आग्रह पनि गरेको छ ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह