Logo

Banner-news

महामारीमा निशुल्क खाना खुवाउने ‘हाम्रो टिम’माथि प्रहरी दमन, नायक पल शाहको आपत्ति !


GDP Nepal
   १४ असार २०७८, सोमबार


काठमाडौं । कोरोना महामारीमा निशुल्क खाना खुवाउने हाम्रो टिममाथि प्रहरीले दमन गरेका भन्दै नायक पल शाहले आपत्ति जनाएका छन् । देशका विभिन्न क्षेत्रमा खाद्यान्न, अक्सिजन लगायतका सहयोग गर्दै हिँडेका नायक शाहले हाम्रो टिमका सदस्यहरुको शीघ्र रिहाईका लागि पनि अपिल गरेका छन् ।

प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ।

नायक शाहले लेखेका छन्ः

कोरोना माहामारीको बेला निशुल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भुकम्प,बाढी,पहिरो जादा रातदिन नभनि देश भर सेवा गर्दै आएको टिम ‘हाम्रो टिम नेपाल’ माथी आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुलाई चाडो भन्दा चाडो रिहाई गरियोस् !!!

यसअघि प्रहरीले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गर्दै टिमका केही सदस्यलाई जवर्जस्ती नियन्त्रणमा लिएको थियो।

प्रहरीले त्यहाँको संरचनाहरू पनिभत्काएको छ । हाम्रो टिमका सदस्यहरुका अनुसार वडा कार्यालयले स्वीकृति दिए पनि मेयर र स्थानीयहरूले हटाउनका लागि प्रहरी परिचालन गरेका हुन

प्रकाशित : १४ असार २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह